जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब पुग्यो

विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब पुग्यो

अर्थतन्त्रका सबै बाह्य सूचक थप बलियो अवस्थामा देखिएका छन्। चालु आर्थिक वर्ष ६ महिनामा विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कूल विदेशी मुद्रा सञ्चिति पुससम्म २१.१ प्रतिशतले बढेको हो।
पछिल्लो १ महिनामा ४१ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति बढेको छ। मंसिरसम्म यस्तो रकम ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ थियो।

रेमिटेन्स आप्रवाह बढ्दा तथा आन्तरिक ऋणको माग सुस्त हुँदा विदेशी मुद्रा थुप्रिएको छ। ६ महिनामा चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा थियो।

आर्थिक वर्ष २०८२/८३ को ६ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको थियो।

यो वर्ष ६ महिनामा रेमिटेन्स ३९.१ प्रतिशत बढेर १० खर्ब ६३ अर्ब पुगेको छ।

640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका