जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले सिस्टम अपग्रेड गर्दै, एक दिनका लागि बन्द गर्‍यो कारोबारका सबै सेवा

मुक्तिनाथ विकास बैंकले सिस्टम अपग्रेड गर्दै, एक दिनका लागि बन्द गर्‍यो कारोबारका सबै सेवा

युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को उत्कृष्ट तीनमा परेर यसै साता विजेता बनेको मुक्तिनाथ विकास बैंकले कारोबार सहज बनाउन डिजिटल सिस्टम मर्मत गरिरहेको छ।

 

यसका लागि शनिबार(आज) डिजिटल बैंकिङ, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस र वालेट लोड लगायतका सेवा बन्द गरेको छ। सिस्टम मर्मतका निम्ति एक दिन सेवा पूरै बन्द गर्नुपरेको बैंकले सूचना जारी गर्दै जनाएको हो।

४२ जिल्लामा सञ्जाल रहेको मुक्तिनाथका १३८ शाखा छन्। ११८ वटाले साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  बैंक यसै साता युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को उत्कृष्ट तीनमा पर्दै एक लाख युरो राशिबाट पुरस्कृत भएको थियो।

३७ राष्ट्रबाट ७० वटा संस्थाको सहभागिता रहेको उक्त अवार्डमा उत्कृष्ट हुने अन्य दुईमा वेनिन र इथोपियाका लघुवित्त संस्था थिए। अवार्ड प्राप्त गरेपछि मुक्तिनाथले पुरस्कारको रकमबाट न्यून आय भएका सदस्यहरूलाई डिजिटल बैंकिङमा सहभागी गराउन काम गर्ने घोषणा गरेको थियो

4875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका