जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्‌को मिति उल्लेख गरिने

यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्‌को मिति उल्लेख गरिने

यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्‌को मिति समावेश गरिने भएको छ। शङ्खधर साख्वाः प्रतिष्ठानले आइतबार आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिएको हो।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठका अनुसार, नेपाल संवत् ११४६ नयाँ वर्षको दिन बुधबार, ५ गते, प्रधानमन्त्री सुशीला कार्कीले शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण गर्दै यस कार्यको औपचारिक घोषणा गर्ने कार्यक्रम तय भएको छ।

अध्यक्ष श्रेष्ठले भने,’नेपाल संवत् केवल नेवारहरूको मात्र होइन, सिङ्गो नेपाल र सबै नेपालीको आफ्नै मौलिक संवत् हो। यसबारे प्रधानमन्त्रीसँग छलफल भएको छ र बुधबार औपचारिक घोषणा गरिने तयारी छ।’

प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले कार्यक्रमको तयारी पूरा भएको र शङ्खधर साख्वाःको योगदान, नेपाल संवत्को महत्त्व तथा यसको कार्यान्वयनका लागि पहल भइरहेको जानकारी दिए। उनले देश तथा विदेशमा शालिक स्थापना गर्ने काम समेत भइरहेको बता

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका