जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • महासंघमा प्रधानमन्त्रीको सम्बोधनः बिनोद चौधरी र प्रचण्डसँग असन्तुष्टी

महासंघमा प्रधानमन्त्रीको सम्बोधनः बिनोद चौधरी र प्रचण्डसँग असन्तुष्टी

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बपति व्यवसायी बिनोद चौधरी र आफ्नै पार्टीका कार्यकारी अध्यक्ष पुष्कमल दाहाल‘प्रचण्ड’प्रति असन्तुष्टी पोखेका छन् । चौधरी र प्रचण्डको नाम उल्लेख नगरेर नीतिगत रुपमा प्रधानमन्त्रीले असन्तुष्टी पोखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभा आफ्नै निवास बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पूँजी कमाएर विदेशमा लगानी गर्ने काम राम्रो नभएको बताए ।

‘हामीले विदेशी पूँजी आमन्त्रिण गर्न खोजेका छौ, हाम्रा उद्यमी व्यवसायीले विदेशमा लगानी गर्नु राम्रो होइन, ’प्रधानमन्त्री ओलीले महासंघको साधारणसभा भने ।

उद्यमी तथा व्यवसायी बिनोद चौधरीले मात्र अहिलेसम्म सार्वजनिक रुपमा नै विदेशमा आफ्नो लगानी भएको स्विकार तथा आत्मकथामा नै उल्लेख गरेका छन् । महासंघका पूर्वअध्यक्ष समेत रहेका चौधरीसँग प्रधानमन्त्री ओलीको सम्बन्ध हाद्रिकता नभएको अनुमान छ । चौधरी नेपाली कांग्रेसबाट अहिले प्रतिनिधिसभा सदस्य छन् ।

महासंघको साधारण सभामा प्रधानमन्त्री ओलीले विदेशमा नेपालीले लगानी गर्नुलाई देशप्रति माया नभएको कारण भएको बताए ।

‘नेपालमा लगानीको अवसर नै अवसर छ, श्रम बजार सस्तो छ, यस्तो अवस्थामा के प्रयोजनका लागि विदेशमा लगानी गर्नुपर्यो ?’ प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने ।

उनले नेपालमा लगानी बढाउनको लागि निजी क्षेत्रलाई अनुरोध गर्दै लगानीलाई भएका कानूनी जटिलतालाई आफुहरु हटाउन तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग समेत असन्तुष्टी पोखेका छन् । नाम उल्लेख नगरेर उनले निजी क्षेत्रलाई त्रसाउनको लागि कसैले दलाल पूँजीवाद र नव उदारवादलाई पश्रय दिएको जस्ता शब्दहरु प्रयोग गर्ने गरेको बताए ।

प्रचण्डले नेकपाको सचिवालयमा प्रधानमन्त्री ओलीलाई दलाल पूँजीवादलाई पश्रयम दिएको आरोप लगाएका छन् ।

‘बजारमा दलाल पूँजीवाद, नवउदारवाद पूँजीवादी अनेक प्रकारका भ्रमपूर्ण शब्दहरु प्रयोग गरेर र उद्यमी व्यवसायीलाई आंतकित गर्ने अभिव्यक्ति दिने काम भएको छ,कसैले यसलाई भ्रममा राख्न खोजेका छन्,’  प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीले सरकारले उद्यमी व्यवसायीलाई पक्षपात नगरेर काम गर्ने र देशको निम्ती कर तिर्ने उद्यमीलाई सधै सम्मान गर्ने बताए ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रले माग गरे अनुसारको अर्थतन्त्र पुनरुत्थानको लागि राहतको प्याकेज ल्याउन नसकिएको स्विकार गर्दै सरकारले क्षमता अनुसार राहतको प्याकेज ल्याएको बताए ।

‘धनी देशमा जस्तो निजी क्षेत्रले राहतको अपेक्षा गरेपनि हामीले क्षमता अनुसार राहत दिएका छौ,’ ओलीले भने ।

7905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?