जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • संविधान दिवसमा प्रभातफेरी   

संविधान दिवसमा प्रभातफेरी   

झापामा आज बिहानदेखि संविधान दिवस विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । दिवसका अवसरमा चन्द्रगढीमा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

संविधान तथा राष्ट्रिय दिवस, २०७६ मूल समारोह समितिको आयोजनामा चन्द्रगढीको लेकनाथ चोकबाट शुरु गरिएकोे प्रभातफेरी ट्रेड युनियन चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै समितिका संयोजक तथा जिसस प्रमुख सोमनाथ पोर्तेलले जनताको सङ्घर्ष र शहीदको बलिदानबाट प्राप्त संविधान कार्यान्वयनमा ल्याई अब मुलुकलाई समृद्धिको बाटोतर्फ लैजानुपर्ने बताउनुभयो । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नयाँ संविधान सबैको साझा दस्तावेज भएको बताउँदै नेपाललाई थप बलियो, समृद्ध र मर्यादित बनाउने काम संविधानले नै गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सबै जातजाति भाषाभाषीको अधिकार सुनिश्चित हुने गरी बनाइएको संविधान विश्वकै उत्कृष्ट र सबैको साझा भएको चर्चा गर्नुभयो । कार्यक्रममा इष्ट होराइजन उमावि धुलाबारीका विद्यार्थी ब्यान्डबाजासहित प्रभातफेरीमा सहभागी भएका थिए । कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारीलगायत सहभागी थिए । जिल्लाका विभिन्न स्थानमा सरसफाइ, अन्तरक्रियालगायत कार्यक्रम गरेर संविधान दिवस मनाइँदै छ ।
–––

8720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?