जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अफताब आलमको छातीमा अझै सांसदको लोगो !

अफताब आलमको छातीमा अझै सांसदको लोगो !

रौतहट २ बाट प्रत्यक्ष निर्वाचित सांसद अफताब आलम प्रहरी हिरासतमा परेको एक साता नाघिसक्यो ।

राजपुर बमकाण्डको अनुसन्धानका क्रममा पक्राउ परेका उनीमाथि प्रहरीले ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र बम बारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गरायो । आलम सेतो कमिज सुरुवालमाथि कालो ज्वारीकोटमा ठाँटिएका छन् । रोचक त के छ भने उनले अझै सांसदको लोगो समेत छाडेका छैनन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को २४४ को ३मा ‘फौजदारी अभियोगमा प्रक्राउ गरेका व्यक्ति प्रहरी हिरासतमा रहँदासम्म सांसदको हैसियत नरहने प्रष्ट व्यवस्था छ ।

निलम्बनमा परेर सांसदको हैसियतमै नरहेपछि आलमले सांसदको लोगो लगाउन नपाउनुपर्ने हो ।

तर, उनले हिरासतमा रहँदासमेत सांसदको लोगो लगाउन छाडेका छैनन् ।

रौतहट प्रहरी स्रोतका अनुसार आलम हिरासतमा बस्दा लुंगी लगाएर बस्ने गरेका छन् । तर, अदालतमा लैजाँदा आलम सांसदको लोगो छातीमा टाँसेर ठाँटिएर पुगेका छन् ।

5890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका