जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंकको १७.०७%ले घट्यो नाफा

प्राइम कमर्सियल बैंकको १७.०७%ले घट्यो नाफा

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १७.०७ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २० करोड ४८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२३ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.७७ प्रतिशत थियो।

बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज ह्वात्त बढेर २ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ अर्ब २३ करोड रुपैयाँ थियो।

इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफा र वितरणयोग्य मुनाफा प्रभावित भएको हो।

बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४० करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ९५ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि १३.७८ प्रतिशतले घटेको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १७.९५ प्रतिशतले बढेर ७ अर्ब २७ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।

बैंकको रिजर्भको आकार ३३.२४ प्रतिशतले बढेर ८ अर्ब ८० करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ६ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ११.६६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.९४ रुपैयाँ थियो। पीई रेसियो १६.७२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.४५ रुपैयाँ रहेको छ।

770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका