जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बैंक अफ काठमाण्डूले मंसिर २४ गतेदेखि ऋणपत्र विक्री गर्ने

बैंक अफ काठमाण्डूले मंसिर २४ गतेदेखि ऋणपत्र विक्री गर्ने

बैंक अफ काठमाण्डू लिमिटेडले मंसिर २४ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको बिओके डिबेञ्चर २०८६ छिटोमा मंसिर २८ र ढिलोमा पुस ८ गतेसम्मका लागि विक्री खुला गर्न लागेको हो ।

प्रतिऋणपत्र  १ हजार रुपैयाँ अंकित मूल्यको १६ लाख कित्ता मध्य बैंकले सर्वसाधारणका लागि छुट्याएको ६ लाख ४० हजार कित्ता मध्य ३२ हजार कित्ता सामूहिक लगानीकोषलाई छुट्याएको छ । बाँकी ९ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

सर्वसाधारणहरुले सार्वजनिक निष्कासमा आएको ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतमा ३ लाख कित्तासम्म माग गर्न सकिनेछ व्यवस्था छ । यो ऋणपत्र विक्री गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट कात्तिक २४ गते स्वीकृति पाएको थियो । ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

8620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?