जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • १० वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?

१० वाणिज्य बैंकको लाभांश घोषणा, कुनको कति ?

सञ्चालनमा रहेका २६ वटा बैंकमध्ये लाभांश घोषणा गर्नेमा अहिलेसम्म १० वटा बैंक रहेका छन् । अहिलेसम्म बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स, एनसीसी, स्टयान्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, सानिमा, एभरेष्ट, मेगा र नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका बैैंकमध्ये सबैभन्दा बढी बैंक अफ काठमाण्डूको रहेको छ भने सबैभन्दा कम मेगााको रहेको छ ।

बैंक अफ काठमाण्डूले २०.९५ लाभांश दिने भएको छ । जसमा बोनस ६ र नगद १४.९५ प्रतिशत रहेको छ । यस्तै मेगाा बैंकले ७.८३ प्रतिशत लाभांश दिने भएको छ । जसमा नगद ३.८३ प्रतिशत रहेको छ भने बोनस ४ प्रतिशत रहेको छ ।

यस्तै कुमारीले १२.५ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको साधारणसभा समेत सकिएको छ । सिटिजन्सले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिएको छ । बैंकको पनि साधारण सभा सकिएको छ ।

एनसीसी बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकामा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कुमारी बैंक र एनसीसी बैंक मर्जरमा जान लागेका कारण अहिले कारोबार रोक्का रहेको छ । कुमारीको सभा सकिएको छ भने एनसीसीको बाँकी रहेको छ ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले नगद मात्रै लाभांश दिने भएको छ ।
ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ३ र १०.६ प्रतिशत नगद लाभांश रहेको छ ।
सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेकामा १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

एभरेष्ट बैंकले २०.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १३ प्रतिशत र नगद ७.६८ प्रतिशत रहेको छ । इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४ प्रतिशत र नगद ७ प्रतिशत रहेको छ ।

बैंकहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेका हुन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


Dear Sir

2385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका