जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • ऋण खोसाखोस रोक्न फेरि ऋणको अग्रिम भुक्तानी शुल्क बढाइँदै

ऋण खोसाखोस रोक्न फेरि ऋणको अग्रिम भुक्तानी शुल्क बढाइँदै

ऋण खोसाखोस हुन थालेपछि नेपाल राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्ने भएको छ। आफ्नै नीतिका कारण बैंकबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत त्यसलाई सच्याउन खोजेको छ।

अहिले ऋणको अग्रिम भुक्तानी गर्दा 0.१५ प्रतिशत शुल्क तिरे पुग्छ। राष्ट्र बैंकले यसलाई बढाउने संकेत गरेको छ। दर केही पनि तोकेको छैन। मात्र ब्यवस्थित गरिने भनेको छ।

राष्ट्र बैंकले कोभिडले असर परेका ऋणीको ६ महिनाभन्दा बढिको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामीजस्ता प्रकृया केही समयसम्का लागि स्थगन गर्न भनेको छ। अब गत जेठसम्म ऋण तिरेकाहरुको धितो लिलाम हुँदैन।

विदेशी मुद्रामा ऋण लिएका ऋणीहरुलाई स्वदेशी मुद्रामा पैसा भुक्तानी गर्न छुट दिइएको छ। खासगरी यो सुविधा कोभिड प्रभावितलाई भनिए पनि सबैले पाउने छन्।

8040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका