जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • “१०% प्रभु बैंक डिबेन्चर २०८४” ऋणपत्र बाँडफाँट

“१०% प्रभु बैंक डिबेन्चर २०८४” ऋणपत्र बाँडफाँट

गत श्रावण १९ गतेदेखि श्रावण २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को रु. १,००  अङ्कित दरको बीस लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्री भएको ऋणपत्र बाँडफाँट भएको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भएको उक्त “१०% प्रभु बैंक डिबेन्चर २०८४” ऋणपत्र मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. १ अर्ब २० करोड ऋणपूँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवर बाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल रु. ८० करोड ऋण पूँजी रकम (५% अर्थात ४०,००० युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७ लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो ।

निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई सात लाख साठी हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २ हजार ३०८ जना आवेदकहरुबाट कूल सात लाख तीस हजार तीन सय पैँसट्ठी कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो ।

त्यस मध्ये ४१७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३,५१,२३१ (तीन लाख एकाउन्न हजार दुई सय एकत्तिस) कित्ता ऋणपत्र विभिन्न कारणवश अस्वीकृत  भएको हुँदा रितपूर्वक १ हजार ८९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरेको हो ।

रितपूर्वक १,८९१ जना योग्य आवेदकहरुलाई कूल तीन लाख उनासी हजार एक सय चौँतिस कित्ता ऋणपत्र बाँडफाँड गरेको तथा व्यक्तिगत तवरबाट बाह्र लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको तीन लाख असी हजार आठ सय छयसट्ठी कित्ता समेत गरी कूल पन्ध्र लाख असी हजार आठ सय छयसट्ठी कित्ता ऋणपत्र बाँडफाँड गरेको बिक्री प्रवन्धकले जनाएको छ ।

सर्वसाधारण समूहबाट सैँतीस करोड एकानब्बे लाख चौँतिस हजार रुपैया र व्यक्तिगत तवरबाट एक अर्ब अन्ठाउन्न करोड आठ लाख छयसट्ठी हजार रुपैया निष्काशन रकमका लागि बिहीबारका दिन निष्काशन तथा बिक्री प्रबन्धकत्वको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरेको हो ।

9325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?