जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल क्रेडिट एण्ड कमर्स बैंक ले शेयरधनीका लागि लाभांश घोषणा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक ले शेयरधनीका लागि लाभांश घोषणा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक ले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकले  गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको ८१८ औं बैठकले १०.२६९५ प्रतिशत बोनस शेयर र करका लागि ०.५४०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।उक्त लाभांश बैंकको गत आर्थिक वर्ष ०७६/७७ को वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार रुपैयाँको आधारमा प्रस्ताव गरिएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।

6380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका