जोडिनुहोस
शनिबार, जेष्ठ २०, २०८०
शनिबार, जेष्ठ २०, २०८०
  • होमपेज
  • ज्योति विकास बैंकको ‘ज्योति समृद्धि बचत खाता’

ज्योति विकास बैंकको ‘ज्योति समृद्धि बचत खाता’

ज्योति विकास बैंकले ज्योति समृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुरुप बैंकमा खाता कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।

वार्षिक ७ प्रतिशत ब्याजदर दिने यस बचत खातामा अन्य बैंक वित्तीय संस्थाहरुमा खता नहुने ग्राहकहरुले खाता खोलेमा १०० रुपैयाँ बैकको तर्फबाट प्रदान गरिने छ ।

हाल बैंकले ९६ वटा शाखा २ वटा एक्स्टेन्सन काउन्टर एवं २३ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको ५ वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले करिब २ लाख १६ हजार ७ सय २७ भन्दा बढि खाताबाट २७ अर्व २० करोड निक्षेप संकलन गरी १५ हजार भन्दा बढि ऋणी मार्फत २३ अर्व ९० करोड ऋण लगानी गर्न सफल भएको छ ।

नुवाकोटकमा केन्द्रीय कार्यालय रहेको हाम्रो विकास बैंकलाई प्राप्ति गरी गत २०७५ चैत्र १५ गतेबाट एकिकृत कारोवार संचालन गरे पश्चात विकास बैंकको कुल चुक्तापूँजी रु.३ अर्व १० करोड पुगेको छ, जस अनुसार चुक्ता पूँजीका आधारमा सबैभन्दा बढी चुक्ता पूँजी भएको विकास बैंक हुन पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका