जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नबिलसँग मर्ज हुन लागेको समाचारप्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण, ‘समाचारमा कुनै सत्यता छैन’

नबिलसँग मर्ज हुन लागेको समाचारप्रति सिद्धार्थ बैंकको ध्यानाकर्षण, ‘समाचारमा कुनै सत्यता छैन’
सिद्धार्थ बैंकले नबिल बैंकसँग मर्जर हुन लागेको भन्ने आसयका समाचारमा कुनै सत्यता नभएको जनाएको छ। 

नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै बैंकले हालै विभिन्न सञ्चार माध्ययमा आइरहेका समाचारको खण्डन गरेको हो।

केहि सञ्चार माध्यमहरुले सिद्धार्थ बैंक र नबिल बैंक मर्ज हुन लागेको समाचार प्रकासित गरेका थिए। भ्रम फैलाउने समाचार प्रकासित भएपछि लगानीकर्ताहरु नझुक्किउन भनेर बैंकले एक विज्ञप्ती जारी गर्दै यस्ता समाचारमा कुनैपनि सत्यता नभएको प्रष्ट पारेको हो।

बिहिबार सिद्धार्थ बैंकको सेयर सर्वाधिक कारोबार भइरहेको छ। ३७८ रुपैयाँ देखि ४०९ रुपैयाँ सम्ममा बैंकको सेयर कारोबार भइरहेको छ। एक वर्षको अवधिमा बैंकको सेयर मूल्यले सर्वाधिक उचाई लिएको हो।

सुरुवातमा १० प्रतिशत सम्म मूल्य बढेको कम्पनीको सेयर अहिले ५ प्रतिशतले बढेर २९० रुपैयाँमा कारोबार भइरहेको छ। २ घण्टा नपुग्दै बैंकको २० करोड रुपैयाँको सेयर किनबेच भइसकेको छ

 

4240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका