जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल बैंक लिमिटेडबाट अब कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

नेपाल बैंक लिमिटेडबाट अब कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी

नेपाल बैंक लिमिटेडबाट अब कर्मचारी सञ्चय कोषको कर्जा रकम भुक्तानी गर्न सकिने भएको छ । बै‌कले कर्मचारी सञ्चय कोषका ऋणिहरुले लिएको कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सक्ने सुविधा उपलब्ध भएको जनाएको हो ।

बैंकका देशभरका २ सय ३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट समेत उक्त सुविधा लिन सकिने जनाएको छ । यसअघि बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक सञ्चित रकम जम्मा गर्दै आईरहेकोमा कर्जा भुक्तानीको सुविधा थप गरिएको बैंकले जनाएको छ ।

6255
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका