जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • भारतमा कैदीबन्दीलाई बिनाधितो ऋण !

भारतमा कैदीबन्दीलाई बिनाधितो ऋण !

भारतमा कारागारमा रहेका कैदीबन्दीलाई व्यक्तिगत ऋण दिइने भएको छ । भारतको महाराष्ट्र सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई ५० हजार रुपैयाँसम्मको व्यक्तिगत ऋण दिने निर्णय गरेको हो। कैदीहरुलाई ऋण दिन यो देशमै पहिलो भएको अधिकारीहरुको दाबी छ।

कारागारमा गरेको कामको बदलामा कैदीबन्दीहरुलाई यो ऋण दिइनेछ। राज्यका गृहमन्त्री दिलीप वाल्से पाटिलले ऋणका लागि महाराष्ट्र राज्य सहकारी बैंकले ७ प्रतिशत ब्याज लिने बताए। यो निर्णय हाल पुणेको येरवडा सेन्ट्रल जेलमा पाइलट प्रोजेक्टका रुपमा लागू भइरहेको छ। यो योजनासम्बन्धी आदेश मंगलबार जारी गरिएको छ। यस ऋणका लागि कैदीहरुलाई कुनै जमानतको आवश्यकता पर्दैन। व्यक्तिगत ऋणपत्रमा वितरण गरिनेछ।

बैंकले आम्दानी, सीप, दैनिक ज्यालादारीका आधारमा रकम निर्धारण गर्नेछ। यस्तो कर्जालाई ‘खवती ऋण’ भनिन्छ। सरकारको यो योजनाबाट झन्डै १ हजार ५५ कैदीबन्दी लाभान्वित हुने अपेक्षा गरिएको छ।

5450
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका