जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एशियन लाइफको नाफामा सामान्य बृद्धि

एशियन लाइफको नाफामा सामान्य बृद्धि

एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १८ करोड ४० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा १८ करोड २१ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा १ प्रतिशतको वृद्धि देखिएको छ ।

कम्पनीले ९ महिनाको अवधिमा ५ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १२ दशमलव ४६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ६३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।

२ अर्ब ५३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४२ करोड ८२ लाख रकम छ भने जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड रकम रहेको छ । जीवन बीमा कोष २१ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ६६ पैसा छ भने प्रति शेयर नेट्वर्थ १२१ रुपैयाँ ५७ पैसा छ।

3830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका