जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरमूल्य समायोजन

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समायोजन भएको छ। बैंकको हिजो अर्थात पुस २१ गतेको अन्तिम कारोबारको आधारमा शेयरमूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले बैंकको १३ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ४७८ रुपैयाँ तोकेको छ।

बैंकले माघ ८ गते, बिहीबार बिहान १० बजे आफ्नो केन्द्रिय कार्यालय, दरबारमार्गमा ३४ औँ वार्षिक साधारण सभा डाकेको छ

6035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?