जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेशनल लाइफको जीवन बीमा कोषमा ४४ अर्ब नाघ्यो

नेशनल लाइफको जीवन बीमा कोषमा ४४ अर्ब नाघ्यो

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ४४ अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कम्पनीको यस्तो कोषमा ३५ अर्ब रुपैयाँ थियो ।

कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा २२.८५ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । असोज मसान्तसम्ममा कम्पनीले खुद बीमा शुल्क आर्जन मात्रै तीन अर्ब ४४ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले दुई अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको थियो ।

मुनाफामा भने गिरावट देखिएको छ । तीन महिनाको अवधिमा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ८३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी पनि बढेको छ । तीन महिनाको अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले अझै ६३ करोड रुपैयाँ तिर्न बाँकी छ ।

जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताले तीन महिनाको अवधिमा मात्रै ३७ करोड ९७ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीका अभिकर्ताले २९ करोड ८० लाख रुपैयाँ बुझेका छन् ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९६ करोड ५ लाख रुपैयाँ जम्मा भएको छ । प्रस्तुत मुनाफाका आधारमा प्रतिशेयर आम्दानी भने १० रुपैयाँ छ ।

4080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका