जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नबिल इन्भेष्टमेन्टले ल्यायो जीवनभर डिम्याट खाता नवीकरण गर्नु नपर्ने योजना

नबिल इन्भेष्टमेन्टले ल्यायो जीवनभर डिम्याट खाता नवीकरण गर्नु नपर्ने योजना

नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपाल मै   पहिलो पटक आजिवन डिम्याट खाता योजना ल्याएको छ । कम्पनीले पुस २६ गतेदेखि लागु हुने गरी यो योजना ल्याएको हो ।

योजना अनुसार नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरेपछि उक्त खाता आजिवन नबिकरण गर्नु पर्ने छैन । योजनामा हाल कायम खातावालाहरुले पनि सहभागिता जनाउन सक्ने तर हाल कायम खातावालाहरुले यस्तो योजनामा सहभागिता जनाउन चाहेमा आफ्नो पुरानो भुक्तानी गर्न बाँकी नबिकरण वापतको शुल्क भुक्तानी गरेको हुनु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा डिम्याट खाताको नवीकरण र मेरोशेयर खाताको नवीकरण समेत समावेश छ ।

यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भै फाईदा लिन सक्ने कम्पनीले जनाएको छ।

9455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका