जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंक कम्पनी विश्लेषण

सिन्धु विकास बैंक कम्पनी विश्लेषण

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार २० रुपैयाँले कमी आएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ३७४ मा झरेको हो । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. ३ करोड ५६ लाख ८३ हजार नाफा कमाएको छ ।

बैंकले गत आवको तेस्रो त्रैमाससम्म रु. १ करोड ९७ लाख १७ हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ८० प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।

नाफामा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. ४ दशमलव ७२ रहेकामा चालू आवमा वृद्धि भएर रु. ८ दशमलव ५३ पुगेको हो । त्यसैगरी बैंकको वितरणयोग्य नाफामा पनि वृद्धि भएको छ ।

गत आवको तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा रु. १ करोड ३८ लाख ९८ हजार रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ४ करोड १५ लाख ५५ हजार पुगेको हो ।

6285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका