जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनएलजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव बीमा समितिमा

एनएलजीको ४० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव बीमा समितिमा

एनएलजी इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद निष्काशनको स्वीकृतिका लागि बीमा समितिमा प्रस्ताव पेश गरेको छ । सञ्चालक समितिले बोनस शेयर वितरण पछि कामय पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनका लागि प्रस्ताव गरेको हो । बीमा समितिले उक्त प्रस्तावलाई स्वीकृति दिए पछि मात्रै आगामी वार्षिक साधारणसभामा विशेष प्रस्तावको रुपमा पेश गर्न  सक्ने छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको छ । सञ्चालक समितिले गत जेठ १७ गते यस पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।

प्रस्तावित बोनस शेयर साधारणसभाबाट पारित भए पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड रुपैयाँ पुग्नेछ । अहिले बीमा समितिमा गरेको ४० प्रतिशत हकप्रद प्रस्ताव पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।

5290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका