जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • संस्थागत रुपमा बीमा गरेका र राष्ट्रसेवक कर्मचारीले कोरोना बीमाको पैसा तत्काल नपाउने

संस्थागत रुपमा बीमा गरेका र राष्ट्रसेवक कर्मचारीले कोरोना बीमाको पैसा तत्काल नपाउने

लामो समयदेखि भुक्तानी हुन नसकेको कोरोना बीमाको रकम बीमितलाई वितरण गर्न बीमा समिति तातेको छ । सरकारले दिएको एक अर्ब रुपैयाँमा थप गरेर पहिलो चरणको रुपमा समितिले बीमितलाई दावी भुक्तानी गर्न लागेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमा वापतको दावी भुक्तानी एक/दुई दिन भित्रैमा गर्न लागेको जानकारी दिए । उनले आर्थिकन्युुजसँग भने, ‘कोरोना बीमा वापतको रकम भुुक्तानी गर्न जुटेका छौं । एक दुई दिन भित्रै नै भुक्तानी गर्छौ ।’

उनका अनुसार सरकारले एक अर्ब रुपैयाँ बीमा समितिलाई दिएको छ । त्यसमा बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले ८१ करोड रुपैयाँ थप गरेर एक अर्ब ८१ करोड रुपैयाँ दावी भुक्तानी गर्न लागिएको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार कोरोना बीमामा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ । हालसम्म कोरोना बीमा पुलमार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरूबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । कोरोना बीमा कार्यविधि अनुसार सरकारले अनुदानका रूपमा कोरोना बीमा दाबीको बहन गर्ने भनेको ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अहिले वितरण गर्न लागिएको एक अर्ब ८१ रुपैयाँ पैसा दावी परेको भुक्तानी गर्न पर्याप्त छैन । त्यसैले समितिले पहिलो चरणमा भन्दै भुक्तानीको तयारी गरेको छ । दावी भुक्तानीको मापदण्ड कसरी तयार गर्नुभएको छ भन्ने आर्थिकन्युजको प्रश्नमा कार्यकारी निर्देशक पौडेल भन्छन्, ‘अहिलेको यो रकम सबैलाई भुक्तानी गर्न पुग्दैन । हामीले पहिलो चरणमा व्यक्तिगत रुपमा कोरोना बीमा गरेकाहरुलाई भुक्तानी गर्न लागेका छौं ।’

उनका अनुसार संस्थागत रुपमा बीमा गरेका र राष्ट्रसेवक कर्मचारीहरुले यो चरणको कोरोना बीमा दावी भुक्तानी पाउने छैनन् । उनीहरुलाई अर्को चरणमा दावी भुक्तानी गरिने छ । यो चरणमा दावी रकम पाउने व्यक्तिहरुलाई पनि पीसीआर गरेको मितिको आधारमा दिइने छ । शुरुवातमा पीसीआर गरेका व्यक्तिहरुलाई पहिला पैसा दिने समितिको तयारी छ ।

1465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका