जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप रु. २ लाख ४४ हजार ८ सय सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितीका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशव राज वराल लाई उक्त रकमको चेक हस्तान्तरण गर्नु भयो । सिग्देल ले साहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताउनु भयो । साहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा सञ्चालक सिग्देलले क्लबको प्रशंशा समेत गर्नुभयो ।

लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष वरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताउनु भयो । कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरि राम गुरुङ र पूर्व अध्यक्ष विक्रम थकाली लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । साहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खाताहरुमा उच्चतम ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?