slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • पन्थी र केसीलाई मैले अख्तियारमै भेटेको हुँ’

पन्थी र केसीलाई मैले अख्तियारमै भेटेको हुँ’

हिले चलेको शरणार्थी गिरोह प्रकरणमै जोडिएर २०७८ मंसिर ३ मा परेको उजुरी (सी–०१६१६६) काठमाडौंका रामशरण केसीले अख्तियारमा एक उजुरी हालेका रहेछन् । तपाईंले त्यो उजुरी अघि बढाउनुको साटो उजुरीकर्तालाई बोलाएर छलफल गर्दै यो केसलाई छोप्न चाहेको देखियो भनिन्छ नि ? 

ममाथि टार्गेट गरिरा छन्, तर आफ्नो त केही छैन यसमा, सरोकारमै छैन । त्यो निवेदन तामेलीमा मैले राखेको भनिदैँछ, त्यो अन्यथा हो । ठगीको केसमा त्यस्ता कैयौं उजुरी/निवेदन आउँछन् नै, तर ठगी हेर्ने निकाय अख्तियार होइन । बरु भ्रष्टाचार जोडिएका प्रमाण, आधारहरु समेटेर उजुरी आएमा त्यसलाई हेर्न सकिने हो । ‘यो ठगी केस पर्‍यो , तपाईंहरु प्रहरी(उपत्यका अपराध अनुसन्धान वा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) जानुस्’ भनेर मैले नै सुझाव दिएको थिएँँ । त्यसबेला सीआइबीका प्रमुख एसएसपी सहकुल थापालाई म आफैंले फोन गरेर ठगीमा परेका २ व्यक्ति आउँदैछन्, सहयोग गरिदिनुहोला भनेर भनिदिएको पनि हो । तर, भोलिपल्ट सहकुलजीले फोन गरेर उनीहरु सीआइबी नआएको खबर मलाई गर्नुभएको थियो ।मैले फेरि पनि केसी र पन्थीलाई फोन गरिहेरें, तर तिनीहरुको फोन अफ थियो ।

प्रतिवेदन कहाँ लगेर च्यातेर फ्याँके कि के गरे, थाहा छैन । तर, सौभाग्यवस गृह सचिव टेकनारायण पाण्डे(२०७८ साउन २७–२०७९ असोज २)ले प्रधानमन्त्री कार्यालयमा पठाएको प्रतिवेदन भने सक्कली रहेछ । त्यो सक्कली प्रतिवेदन अहिले पनि क्याबिनेटमा छँदैछ ।

पन्थी कार्यदलले काम गर्न थालेको २ महिनामै केही चलखेलको गन्ध आएपछि तपाईंले कार्यदलका संयोजक बालकृष्ण पन्थी र गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईलाई त्यहीबेला बेलाएर सचेत गराएको कुरा कान्तिपुरलाई भनिसक्नुभएको छ । ‘सचेत’ गराउनैपर्ने त्यस्तो स्थिति थियो र ?

हो, मैले प्रतिवेदन तयारी क्रममा कुनै कमी हुन नदिनु भनेकै हो । कुनै प्रकारको प्रभाव, दबाब पर्‍यो र त्यसअनुसार काम भयो भने त्यसले तपाईंहरुलाई नै पोल्नेछ भनेको हुँ ।

यही शरणार्थी गिरोहको सरोकारमा जोडिएर अख्तियारमा अहिले अरु पनि उजुरी परेका छन् कि ?

हो, गत सातामात्रै बेनामी रुपमा एउटा उजुरी परेको छ । त्यसमा अहिले प्रहरीमा अनुसन्धान भइरहेको शरणार्थी गिरोहको मामलामा भ्रष्टाचार पनि जोडिएको छ भन्दै विवरण लेखिएको छ । तर, अनुसन्धानको प्रारम्भिक चरणमा उजुरीको सम्पूर्ण आधारबारे भन्न सकिन्न । अब उता प्रहरीमा अनुसन्धान भैरहेको छ, यहीबेला यता आएको केसलाई हामीले प्रारम्भिक चरणमा हेरिरहेका मात्रै छौं । यही सम्बन्धमा हामीले तिनै मानिसलाई बोलाउन थाल्यौं भने अनुसन्धान प्रभावित हुन्छ नै । अब उताबाट अनुसन्धान टुंगिएर ‘लौ, यो चाहि भ्रष्टाचारमा पनि जोडिएको छ’ भनेर आएपछि मात्रै एकत्रित रुपमा अघि बढ्नेछ नै । पदधारण गरेका कोही व्यक्ति आर्थिक लाभसहितका प्रयोजनमा संलग्न भएको वा भ्रष्टाचार पनि रहेको पाइएमा अख्तियारले हेर्नेछ नै । ठगीकै केसमा अरु निकायको अधिकार हनन गर्ने गरी हामीले उजुरी हेर्न मिल्दैन ।कान्तिपुर

1545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका