जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको नाफा २०.८४ प्रतिशतले घट्यो

राष्ट्रिय वाणिज्य बैंकको नाफा २०.८४ प्रतिशतले घट्यो

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २०.८४ प्रतिशतले घटेको छ। बैंकले शुक्रबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेको जनाएको हो।

बैंकले अघिल्लो वर्ष २ अर्ब २० करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो। यसपाली जम्मा एक अर्ब ७४ करोड ८८ लाख रुपैयाँ नाफा गरेको छ।

बैंकको नाफालाई स्प्रेड दरले प्रभावित गरेको छ। ५.५३ प्रतिशतको स्प्रेडलाई बैंकले ४.०९ प्रतिशतमा झारेको छ। यसले गर्दा खुद ब्याज आम्दानी ५ अर्ब ६ करोडबाट घटेर ३ अर्ब ९१ करोड रुपैयाँमा आएको छ।

ऋण र निक्षेप वृद्धि लगभग बराबरीजस्तो भएपनि स्प्रेड कटौतीले बैंकको नाफामा उच्च गिरावट आएको हो। ऋण लगानी एक खर्ब ५० अर्बबाट बढेर एक खर्ब ६२ अर्ब पुगेको छ। निक्षेप पनि २ खर्ब ३० अर्बबाट बढेर २ खर्ब ४१ अर्बमा उक्लिएको छ।

13000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका