जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिभिल बैंकको धेरै ब्याजदर भएको सुपर सेभिङ र खुत्रुके खाता सञ्चालनमा

सिभिल बैंकको धेरै ब्याजदर भएको सुपर सेभिङ र खुत्रुके खाता सञ्चालनमा

नयाँ आर्थिक वर्षमा सिभिल बैंकले सर्वाधिक ब्याजदरको २ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सुपर सेभिङ अकाउण्ट र खुत्रुके खाता सञ्चालनमा साउन १ गतेबाट सञ्चालनमा ल्याएको हो ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले भन्दा र बैंकले हालसम्म दिएको भन्दा बढी ब्याजदर निर्धारण गर्दै बैंकले १ महिनाको लागि बचत योजना ल्याएको हो । सुपर सेभिङ एकाउण्टमा बैंकले ६.०१ प्रतिशत र खुत्रुके खाता ७.०१ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।

न्यूनतम २५ हजार रुपैयाँबाट शुरु गर्न सकिने सुपर सेभिङ एकाउण्टमा क्यानसर लगायत ६ वटा प्राणघातक रोगको बीमा गरिने बैंकले जानकारी दिएको छ ।

यसैगरी, खुत्रुके खाता बैंकले न्यूनतम २ वर्षदेखि १० वर्षसम्मको लागि सञ्चालनमा ल्याएको हो । विषेश गरी कोभिड–१९ को संक्रमण जोखिमलाई मध्य नजर गर्दै शुरु गरिएको यो खातामा ग्राहकले चाहेको जुनसुकै समयमा पनि जति पनि रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

सो खाता न्यूनतम ५ सय रुपैयाँदेखि शुरु गर्न सकिन्छ । ग्राहकले खुत्रुके खातामा आफ्नो सहुलियतले अधिकतम सीमासम्म रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । साथै, खाता अवधिभरको लागि बैंकले खातामा जम्मा भएको रकमको ७० प्रतिशत कर्जा लिन पाउने सुविधा समेत प्रदान गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यी २ वटा बचत खाता योजना साउनको अन्तिमसम्म खाता खोल्ने र बचत गर्नलाई बैंकले तोकेको ब्याजदर दिने बताएको छ भने साउन पश्चात भने बजारको अवस्था अनुसार ब्याजदर परिवर्तन हुने बैंकले जनाएको छ ।

कर्जाको ब्याजदर सिभिल खुत्रुके खातामा प्रदान गरिएको ब्याजदरमा २ प्रतिशत थप गरी वा आधारदरमा जुन बढी हुन आउँछ सोही ब्याजदरमा कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

6085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका