जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • कृषि विकास बैंक लि.ले ल्यायो लखपति करोडपति धमाका मुद्दती निक्षेप योजना

कृषि विकास बैंक लि.ले ल्यायो लखपति करोडपति धमाका मुद्दती निक्षेप योजना

कृषि विकास बैंक लि.ले मुुद्दती निक्षेप योजनाअन्तरगत हजार राखे लाख पाउने र लाख राखे करोड भुक्तानी पाउने योजना ल्याएको छ । उक्त निक्षेप योजनालाई सो बैंकले लखपति करोडपति धमाका मुद्दती निक्षेप योजनाअन्तरगत ल्याएको हो ।

जसमा व्यक्तिगत ग्राहकले रु. ५९,३५५ र रेमिट्यान्स ग्राहकले रु.५६,६२६ जम्मा गरी मुद्दती निक्षेप खोलेमा पाँचवर्षपछि कर कट्टीसहित रु.एकलाख भुक्तानी दिने त्यसैगरी व्यक्तिगत ग्राहकले रु.५९,३५,५०० र रेमिट्यान्स ग्राहकले ५६,६२,६००जम्मा गरेमा पाँचवर्षपछि कर कट्टीसहित एकमुष्ठ रु. एककरोड भुक्तानी दिने बैंकले जनाएको छ ।

यसका साथै यो योजनाअन्तरगत नै हाल जम्मा गरेको रकमको निश्चित अवधिपछि दुई गुणा, तीन गुणा र पाँच गुणासम्म प्रतिफलमा एकमुष्ठ भुक्तानी दिने योजनासमेत बैंकले ल्याएको छ । बैंकले यस्तो सुविधा लिने व्यक्तिगत तथा रेमिट्यान्स ग्राहकका लागि क्रेडिट कार्डमा ९० प्रतिशतको लिमिट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट कार्ड, डिम्याट, सिआश्वाको रजिष्ट्रेशन शुल्क निशुल्क गरी लकर सेवामा ५० प्रतिशत छुट हुने बैंकले जनाएको छ ।

 

4575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर