जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • बिदेशी एजेण्ट र मेनपावरकाे अस्वस्थ प्रतिस्पर्धाले ठगिन्छन कामदार

बिदेशी एजेण्ट र मेनपावरकाे अस्वस्थ प्रतिस्पर्धाले ठगिन्छन कामदार

बैदेशिक राेजगारमा सराेकार वाला निकायले अल आक्समाक्स मा ५ र ६ तारिख र ग्रिनतारामा ३,४र५ तारिख कामदार छनाैट प्रकृयाकाे सुरुवात चरण देखि अन्तिम कामदार बिदेश जाने प्रकृया सम्म बैराे बिभाग चनाखाे हुन जरुरी छ ।कतारकाे हमाद अस्पतालकाे डिमाण्ड अहिले नेपालकाे अल आक्समाक्स मेनपावर कामदार छनाैट प्रकृयामा छ ।त्यस्तै बिर्तामोड ,इटहरी लगायतका प्रमुख शहरमा ७,८तारिख मा गर्दैछ ।

उक्त डिमाण्ड हमाद अस्पतालबाट आएकाे भएता पनि विभिन्न बिदेशी एजेण्टबाट घुमेर नेपाल सम्म आउदा कम्पनीले सबै शुल्क फ्रि सँगै कम्पनीले पाँचसय अमेरिकन डलर सेवा सुल्क दिदै आएकाे छ ।तर नेपालमा भने आर्थिक चलखेलका कारण नेपाली कामदारले एकलाख देखि डेडलाख सम्म सुल्क लाग्ने भन्छन । कम्पनी राम्रो छ सेवा सुबिधा राम्रो छ तर आर्थिक चलखेलका कारण बिदेश जाने कामदार मारमा पर्ने निश्चित छ ।

बिभागले बिज्ञापन र सुरुकाे अन्तरबार्ता मै अल आक्समाक्स र ग्रिनतारा मेनपावरलाई अनुगमन गरेर बैराे बिभागले आफ्नो जिम्मेवारी निर्वाह गरेमा बिदेश जाने कामदार र बिदेशी एजेण्टकाे आर्थिक चलखेल राेकिने थियाे । कसरी ठगीन्छन बिदेशजाने नाममा युवा अन्तरबार्ता मै धेरै कठिनाइ भाेग्नु पर्छ डाइरेक्ट युवाले यस मेनपावरकाे अन्तरवार्तामा शहभागी हुन पाउदैनन ।

यहि ५ र६ तारीख मा काठमाडौं, ७ र८ तारिखमा इटहरी र बिर्तामोडमा हुने अल आक्समाक्स र ग्रिनतारा मेनपावरकाे अन्तरवार्तामा बिभाग र सराेकारवालाकाे छड्के अनुगमन गर्न सके बिदेश जाने युवालाई राहत हुने थियाे कि?? हमाद हस्पिटलकाे अन्तरवार्ता भनिए पनि बिभागमा अर्कै कम्पनीको स्वकृती लिएर बैराे बिभागलाइ नै झुक्याएर अन्तरबार्ता हुने एक अन्तरबार्ता शहभागीले बताए।

8535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका