जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीले संकलन गरे ४ अर्ब भन्दाबढि बीमाशुल्क

निर्जीवन बीमा कम्पनीले संकलन गरे ४ अर्ब भन्दाबढि बीमाशुल्क

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा २० वटा निर्जीवन बीमा कम्पनीले ४ अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा २ लाख २१ हजार ६४२ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्ज गरेका हुन् ।

साउन सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन राष्ट्रिय बीमा कम्पनले गरेको छ । यो कम्पनीले ८४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले साउनमा ३५ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गरेको छ ।

त्यसैगरी यस अवधिमा हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३३ करोड १९ लाख र सगरमाथा इन्स्योरेन्स कम्पनीले ३२ कोड ६२ लाख रुपैयाँ बीमाहुल्क संकलन गरेको छ ।

त्यस्तै सबैभन्दा कम कुल बीमाशुल्क आर्जन प्रभु इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले साउनमा १० करोड ३४ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।

2110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका