जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • दोस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्स कम्पनीको नाफा ७५ प्रतिशत बढ्यो

दोस्रो त्रैमासमा एनएलजी इन्स्योरेन्स कम्पनीको नाफा ७५ प्रतिशत बढ्यो

गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा एनएलजी इन्स्योरेन्स कम्पनीको नाफा ७५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. ८ करोड ७५ लाख नाफा कमाएकोमा चालू आवको दोस्रो त्रैमासमा वृद्धि भएर रू. १५ करोड ३९ लाख पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो ।

चुक्तापूँजी रू. १ अर्ब २ करोड ४६ लाख  रहेको कम्पनीले जगेडा कोषमा रू. ४३ करोड ७ लाख सञ्चित गरेको हो। चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब १० करोड ७० लाख बीमाशुल्क आर्जन गरेको छ ।

6520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका