जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नाडाको चुनावमा प्रतिस्पर्धा नै छैन, विचारधारा चाहि फरक छ, मेरो विजय सुनिश्चित छ

नाडाको चुनावमा प्रतिस्पर्धा नै छैन, विचारधारा चाहि फरक छ, मेरो विजय सुनिश्चित छ

करण चौधरी
वर्तमान उपाध्यक्ष एवं अध्यक्ष पदका उम्मेदवार
अटोमोबाइल्स एशोसियसन अफ नेपाल (नाडा)

अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था अटोमोबाइल्स एशोसिएसय अफ नेपाल (नाडा)को महाधिवेशन मंसिर २२ र २३ गते राजधानीमा हुँदैछ । नयाँ नेतृत्वको लागि नाडाका वर्तमान उपाध्यक्ष समेत रहेका करण चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषण गरेका छन् । आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यानल घोषण गरेका छन् । चौधरीको सो–प्यानलमा अटोमोबाइल्स क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायी देखि युवा पुस्ताका समेत समेटिएका छन् । सम्पूर्ण अटोक्षेत्रको प्रतिनिधित्व गर्ने चार पाङ्गे्र, दुई पाङ्गे्र, ब्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्टस, हेभिइक्युमेन्ट, सबै क्षेत्रलाई समेटेर टिम बनेको चोधरीको जनाएका छन् ।
प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणी पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराईको व्यवसायीक टिम बनेको छ । अध्यक्ष पदका उम्मेदवार करण चौधरीसंग सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः

० तपाईको आसन्न महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी किन?
तपाईलाई थाहा नै छ मंसिर २२ र २३ गते नाडाको नेतृत्व परिवर्तनको अधिवेशन हुँदैन । त्यसमा मैले यस पटक अध्यक्ष पदमा उम्मेदवारी घोषण गरेको छु । यस संस्थामा मेरो २ दर्शक भन्दा बढि योगदान छ । नाडाको गरिमा बढाउँदै हाम्रा समस्यालाई राज्यका निकायहरुमा पु¥याउने काम म गर्नेछु । आम व्यवसायी साथीहरुको चाहानाकै कारण मैले उम्मेदवारी दिएको हुँ । नाडालाई अझ थप बलियो बनाउँदै प्रदेश र जिल्लाहरुमा यसको उपस्थिति बलियो बनाउने काम मेरो कार्यकालमा गर्ने योजना छ नि ।

० नाडा के हो त ?
नाडा अटोमोबाइल्स व्यवसायी साथीहरुको साझा संस्था हो । यस संस्थामा टायर देखि गाडी उत्पादन र विक्री गर्ने व्यवसायीहरुको ठूलो संख्यामा उपस्थिति छ । नाडाले आम व्यवसायी साथीहरुका समस्यामा सधै राज्यसंग लड्दै आएको छ । अब हामी प्रदेश र मोफसलमा यसको संरचना निर्माण गर्न काम गर्दैछौं । यसलाई अझै माथी लैजाने र राज्यले गरेका नराम्रा निर्णयलाई विस्थापित गर्न हामी लड्ने छौं ।

० तपाईको नेतृत्वमा बनेको टिमको विजय भए तपाईको योजना के के छन् ?
मैले भनिसके प्रदेश र मोफसलमा नाडाका संरचना स्थापित गर्नु पर्ने पहिलो काम हुनेछ । सबै व्यवसायी साथीहरुको हक हितका लागि एकबद्ध भएर राज्यसंग लड्नु पर्ने छ । हाम्रो नारा नै नाडाको गरिमा, व्यवसायीको साथ, बलियो संगठन र अटुट विश्वास त्यसकारण यो टिमले नाडाको प्रतिष्ठा बढाउँदै अगाडी लैजाने छ ।

० तपाईको टिम कस्तो छ त ?
तपाईले देखिसक्नु भयो । यो टिम व्यवसायसी र दक्ष टिम हो । सबै पक्षलाई समेटेर बनेको टिम मसंग छ । मेरो अब तेस्रो कार्यकाल हुनेछ । अटोमोबाइल्सको हित विपरित मैले कहिले काम गरेको छैन । सबै साना देखि ठूला व्यवसायीहरुको टिम मसंग छ ।

० नाडाको चुनावमा टिम नै बनाएर जानु पर्ने अवस्था चाहि सधै किन आएको होला ?
मैले टिम नबनाउँदा मेरो कमजोरीकारुपमा हेरियो । त्यसकारण मैले टिम बनाएको हो । सबै ब्राण्डका गाडी विक्री र उत्पादन गर्ने साथीहरुको टिम मसंग छ । पाट्स व्यवसायीहरुपनि हामीसंगै हुनुहुन्छ । उहाँहरु नयाँ सदस्य हुनुहुन्छ । यो टिमको विजय भए नाडालाई अझै उचाईमा पु¥याउन मेरो नेतृत्व टिमले गर्नेछ ।

० नाडामा सहमतीबाटै नेतृत्प चुन्न सक्ने अवस्था चाहि छैन त?
सबैले चाहे किन छैन । हामी खुल्ला छौं । २३ गते अगाडीसम्म सहमती हुन्छ भने हामी सबै छाड्न तयार छौं । सबैलाई समेटेर लैजाने कुराको वार्ता हामी बीच चलिरहेको छ । तर, समय कम छ त्यसकारण टिम बनाएर जानु पर्ने बिकल्प अगाडी आएको चाहि सत्य हो ।

० तपाईले जित्ने प्रमुख आधार चाहि के के छन् ?
यस संस्थामा मेरो २ दर्शक भन्दा बढि योगदान छ । यससंस्थामा मैले ठूलो योगदान दिएको छु । साथीहरुका समस्या बुझेको छु । मेरो टिममा टायर देखि लुब्रिकेट देखि पनि औद्योगिक घरघरानाका व्यवसायीहरु हुनुहुन्छ । तरपनि हामी सर्वसम्मत नेतृत्व चयनकै पक्षमा छौं । हामी मात्रै होइन सबै पक्ष तयार रहनु प¥यो नि ।

० भनिन्छ नाडा र डिलर व्यवसायी बीचको खाल्डो बढेको छ नि होइन र ?
त्यस्तो छैन । केही असहमति छन् ती असहमतीलाई मेरो नेतृत्वको टिम विजय भए हामी यसलाई अझ मजबुद बनाउने काम गर्नेछौं नि ।

० नाडा केन्द्रमा मात्रै केन्द्रीत रहेको आरोप छ नि ?
यो मेरो नेतृत्वको टिम विजय भए अर्को पटक यो प्रश्न तपाईले सोध्न पर्नेछैन । गुनासो आएको छ । अब आउने नेतृत्वले प्रदेश र मोफसलमा संस्थाको उपस्थिति बढाउने काम हुनेछ । मेरो टिममा मोफसलका साथीहरु पनि हुनुहुन्छ नि ।

० नाडाले समय समयमा ड्राइभरहरुलाई तालिम दिएका कुरा पनि छन् नि यसलाई तपाईले कसीले अगाडी बढाउनु हुन्छ ?
नाडाले २० हजार भन्दा बढि ड्राइभरहरुलाई दक्ष बनाउने तालिम दिने काम गरेको सत्य हो । सबै पक्षलाई सबै क्षेत्रका व्यक्तिहरुलाई मेरो नेतृत्वको टिमले तालिम दिने छ । यति मात्रै होइन । अटोमोबाइल्स पत्रकार उत्पादन गर्नु पर्ने आवश्यकता समेत मैले देखेको छु । उहाँहरुलाई पनि तालिम दिनुपर्ने देखेको छु नि ।

० अन्त्यमा नाडाले राज्यलाई कर बढाउन बेला बखत लविङ्ग गरेको आरोप छ नि ?
यो कुरामा सत्यता छैन । जनतालाई सुलभ र सस्तो मुल्यमा अटोमोबाइल्सका साधन दिनु पर्दछ भन्ने हाम्रो माग हो । नारा पनि हो । राज्यले बजेट मार्फत करका दर बढाउदा स्वभाविकरुपमा मोटरसाइकल गाडीहरु मंहगो हुनेनै छ । यसमा पनि हामीले राज्यलाई पटक÷पटक ध्यानाकर्षण गरेका थियौं र फेरि पनि हामी उपभोक्तालाई भार पर्ने गरि कर राज्यले बढाए चर्को आवाज उठाउने, संघर्ष नै गर्ने पक्षमा छौ नि ।

5175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका