जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनआइएमबि स्टक मार्केटले ल्यायो नयाँ टेड म्यानेजमेन्ट सिस्टम टिएमएस संचालनमा

एनआइएमबि स्टक मार्केटले ल्यायो नयाँ टेड म्यानेजमेन्ट सिस्टम टिएमएस संचालनमा

एनआइएमबि स्टक मार्केटले आफ्नो नयाँ टेड म्यानेजमेन्ट सिस्टम टिएमएस २०८२ वैशाख १४ गतेदेखि औपचारिक रुपमा संचालनमा ल्याएको छ । शेयर कारोवारलाई झनै सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको यस आधुनिक प्रणाली अब प्रयोगकर्ताहरुको लागि उपलब्ध रहेकाे छ ।

नयाँ टिएमएसको सुरुवातसँगै, एनआइएमबि स्टक मार्केटले नेपालको पूँजी बजारमा डिजिटल प्रविधिको प्रयोगमा महत्वपूर्ण कदम अघि बढाएको छ । यस प्रणाली मार्फत लगानीकर्ताहरुले अनलाइन मार्फत शेयर खरिद-बिक्री गर्दा वास्तविक समयमा अर्डर राख्न सकिने छ । वास्तविक-समय अर्डर प्लेसमेन्ट र पोर्टफोलियो ट्र्याकिङ सुविधा तथा मोबाइल उपकरणहरुमा पनि सजिलो पहुँच रहेको छ ।

एनआइएमबि स्टक मार्केट, नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट इजाजतप्राप्त स्टक ब्रोकर हो, जसले भरपर्दाे तथा प्रविधिमा आधारित कारोवारको सेवा प्रदान गर्दै आएको छ । ग्राहक केन्द्रित सेवा र प्रविधिको सशक्त प्रयोग मार्फत नेपालको पूँजी बजारको विकासमा महत्वपूर्ण योगदन पुर्‍याउँदै आएको छ ।

1985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका