
ज्योति लाइफ इन्स्योरेन्सले आजदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा पहिलो दिनमै उल्लेख्य आबेदन परेको छ। पहिलो दिन दिनको ६ बजेसम्मको तथ्यांकअनुसार ज्योति लाइफको २ लाख ८८ हजार ५५५ आवेदकले ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आबेदन दिएको जनाईएको छ।
आज पहिलो दिनको ६ बजेसम्म मात्रै ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको आबेदन परेको सिडीएससीले जनाएको छ। पहिलो दिनमा ज्योति लाइफको आइपीओमा परेको आबेदन निष्काशन भन्दा झन्डै डेढ गुणाले बढी हो।
ज्योति लाइफले आज फागुन २१ गतेदेखि एक सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।
बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।
लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन्। फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । लगानीकर्ताले मेरोशेयर अनलाइनबाट र सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।
आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































