जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको दुई शाखा संचालनमा

मुक्तिनाथ विकास बैंकको दुई शाखा संचालनमा

आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।

महेन्द्रनगर शाखाको समुद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै बिष्टले बैंकको प्रगतिको कामना र बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरेका थिए ।

वीरेन्द्रनगर शाखाको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी ) ले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

मुक्तिनाथ विकास बैंक लि. देशैभरी अनौपचारीक रुपमा देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ए.टि.एम कार्ड सेवा, एविविएस जस्ता सुविधाहरु उपलब्ध गराउदै आएको छ ।

10140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?