जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • नेपाल बैंकले राख्यो नागरिक लगानी कोषको सेयर बिक्रीमा

नेपाल बैंकले राख्यो नागरिक लगानी कोषको सेयर बिक्रीमा

नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर बिक्री गर्ने भएको छ। बैंकले कोषको संस्थापक सेयर चैत ३ गतेबाट बिक्रीमा राखेको छ।

चैत १७ गतेसम्म बिक्रीका लागि राखेको छ। बैंकले चार लाख ६८ हजार ८२८ कित्ता सेयर बिक्रीमा राखेको हो। बैंकको सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल छ।

कोष प्रति कित्ता सेयर मूल्य न्युनतम १५०५ रुपैयाँ ५० पैसा तोकिएको छ। तोकिएकै मूल्यमा सबै सेयर बिक्री भएमा ७० करोड ४४ लाख रुपैयाँ आम्दानी हुने छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको नाफा कोभिडले प्रभावित भइरहेको छ। त्यसैले उनीहरुले आफूसँग भएका अन्य कम्पनीको सेयर बिक्री गरेर आम्दानी जुटाउन थालेका छन् ।

10505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका