जोडिनुहोस
सोमवार, पुस १५, २०८१
सोमवार, पुस १५, २०८१
  • होमपेज
  • राष्ट्र बैंकले ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

राष्ट्र बैंकले ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख १४ गते परिपक्क हुने जनाएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार १५ गते परिपक्क हुनेछ ।

त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज १२ गते परिपक्क हुनेछ ।

ट्रेजरी बिल भोलि दिउँसो ३ बजे बोलकबोल भएर चैत १७ गते बिक्री हुने बैंकले जनाएको छ ।

8460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका