जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्राइम, कुमारी र हिमालयन बैंकलाई राष्ट्र बैंकको कारबाही

प्राइम, कुमारी र हिमालयन बैंकलाई राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगर्ने तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको सुपरीवेक्षण विभागले वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई स्रोत परिचालन अनुपात कायम नगरको लगायत विषयमा कारबाही गरेको हो ।

प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन २०७९ को निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको विभागले जनाएको छ ।

त्यस्तै इजाजत प्राप्त नम्बर १५/०७९ को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

त्यस्तै २०७९ माघमा कर्जा-निक्षेप अनुपात कायम नगरेको कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६९४ रुपैयाँ तथा कात्तिकमा कर्जा-निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना गरिएको छ ।

राष्ट्र बैंकका अनुसार प्राइम र कुमारी बैंक पहिलो पटक कारबाही परेका हुन् भने हिमालयनलाई दोस्रो पटक कारबाही गरिएको हो ।

475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका