जोडिनुहोस
आइतवार, जेष्ठ १२, २०८२
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • सिजि मोटर्सले सञ्चालनमा ल्यायो ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

सिजि मोटर्सले सञ्चालनमा ल्यायो ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ ।

पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाख रुपैयाँ रहने छ । स्वीच टु द प्योर ईभी नारा दिइएको उक्त एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भिको प्रवर्द्धन गर्नु मात्र नभइ पुराना एवं प्रदुषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको कम्पनीले बताएको छ ।

नेटा भि गाडिमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारेन्टि छ । जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भिको प्रयोग गर्न सक्नेछन् । नेटा भी हाल नयाँ ५० किवाको एलएफपी ब्याट्रिसहित शोरुमहरुमा उपलब्ध छ ।
उक्त मेगा एक्सचेन्ज क्याम्प छोटो समयकालागि मात्रै रहेको पनि कम्पनीले बताएको छ ।

2795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका