जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कार्यकाल सकिन साढे दुई महिना बाँकी छँदा गोबिन्द गुरुङले सिभिल बैंक छाडे, विदेशी बैंकमा जाने

कार्यकाल सकिन साढे दुई महिना बाँकी छँदा गोबिन्द गुरुङले सिभिल बैंक छाडे, विदेशी बैंकमा जाने

कार्यकाल सकिन साढे दुई महिना बाँकी छँदा गोबिन्द गुरुङले सभिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरेका छन्।

उनले बिदेशस्थित बैंकमा राम्रो काम पाएको अनौपचारिक जानकारी केही निकटहरुलाई बताइसकेका छन्। सञ्चालक समितिमा भने उनको राजीनामा पुगिसकेको छैन। सञ्चालक समितिका सदस्यहरुलाई अनौपचारिक रुपमा राजीनामाका बारेमा जानकारी भने गराइसकिएको छ।

गुरुङको ठाउँमा सुनिलकुमार पोखरेललाई प्रमुख कार्यकारी बनाउने तयारी सञ्चालक समितिको छ। सुनिल सिभिलमा जोडिएपछि पछिल्लो समय ब्यापार बढेको छ। सुनिल अहिले नायव प्रमुख कार्यकारी अधिकृत छन्।

गुरुङको कार्यकाल साउन १२ गते सकिँदै थियो। उनी सिभिलको नायव प्रमुख कार्यकारीबाट बढुवा भएर प्रमुख कार्यकारी भएका हुन्। बैंक सञ्चालक समितिले २०७४ बैशाख १७ गते नै प्रमुख कार्यकारी बनाएपनि जिम्मेवारी भने साउनबाट दिएको थियो।

गुरुङ २५ बर्षदेखि बैंकिङमा छन्। सन् १९९६ मे १९ बाट हिमालयन बैकबाट सिनियर अफिसरका रुपमा जागिर सुरु गरेका गुरुङले त्यहाँ ११ बर्ष विताए। २००६ मा उनी ग्लोबल आइएमइ बैंक गए। त्यहाँ साढे तीन बर्ष काम गरेपछि उनी मेगा बैकमा डिजिएम भएका थिए।

6270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका