जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंक र वित्तिय संस्थाहरुले यस्तो विषम र विपतका बेला कसैलाई पनि जागिरबाट हटाउन पाइदैन

अन्तरवार्ता

बैंक र वित्तिय संस्थाहरुले यस्तो विषम र विपतका बेला कसैलाई पनि जागिरबाट हटाउन पाइदैन

महाप्रसाद अधिकारी, गर्भनर, नेपाल राष्ट्र बैंक

बैंक र वित्तिय संस्थाहरुले यस्तो विषम र विपतका बेला कसैलाई पनि जागिरबाट हटाउन पाइदैन

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले नेपाल पनि अछुतो रहेन र करिब करिब ३ सय नेपालीहरुमा कोरोना देखा परिसकेको छ । यस्तो बिषम र विपतका बेला बैंक र वित्तिय संस्थाहरुले भटाभट करारमा नियुक्ती गरेका कर्मचारी निश्कासन गर्ने, राष्ट्र बैंकले २ प्रतिशत ब्याजदर घटाउन दिएको निर्देशन अटेर गर्ने, ग्राहकको खाताबाट बैंकका कर्जाका ग्राहकहरुको किस्ता तान्ने र बैंकिङ्ग सेवा अब कसरी अगाडी बढाउने । यी र यस्ता विषयमा केन्द्रित रहि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र अचार्यले गरेको कुराकानीः
० गर्भनर साब यो विषम र अप्ठ्यारो अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले करारमा नियुक्त गरेका सयौं कर्मचारी भटाभट निस्काशन गरेको देखिन्छ । यसलाई नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले कसरी हेरिरहेको छ ?
केही दिन अगाडी यस्तो कुरा आयो । त्यस लगत्तै हामीले छलफल गरि यो काम यस्तो अवस्थामा गर्नुहुँदैन भनेर बैंक र वित्तिय संस्थालाई मौखिम निर्देशन दिएका छौं । यस्तो विशम र अप्ठ्यारो बेला १ जनाले पनि रोजगारी गुमाउन हुँदैन भनेका छौं । यस्तै प¥यो भने लिखित निर्देशन राष्ट्र बैंकले दिन्छ ।

० नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याजदर घटाउन दिएको निर्देशन त बैंक र वित्तिय संस्थाले लागु गरेको अवस्था देखिदैन नि ?
यो लागु हुन्छ । हामीले बैंक तथा वित्तिय संस्थाहरुलाई लिखित निर्देशन नै दिएको अवस्था छ । नियमनकारी निकायको निर्देशन पालना गर्र्ने दायित्व बैंक र वित्तिय संस्थको हो । बैंकरहरुले २ प्रतिशत राहत छुट भन्ने शब्द भन्नुभएको छ । यो होइन ब्याज बढि भयो घटाउनु होस् चाहि हामीले भनेका हौं । हामीले बैंकर चिन्दैनौ बैंक चिन्ने हो बैंकलाई निर्देशन भएको छ ।

० बैंक र वित्तिय संस्थाहरुले कर्जाका ग्राहकहरुको खाताबाट कर्जाका किस्ता तानेको गुनासो पनि आएको छन् । यस्तो बेला नियमनकारी निकायले चाहि के हेरिबसेको छ त गर्भनर साब ?
यो गुनासो आएको थियो । पैसा खातामा भएका ऋणीहरुसंग छलफल गरेर नै बैंकहरुले तानेका होलान् । फेरि ग्राहकलाई चाहिएका बेला उनीहरुले दिनु पर्दछ । ग्राहक बैंक र वित्तिय क्षेत्रका नै हुन् । अप्ठ्यारो पर्दा बैंक र वित्तिय संस्थाले ग्राहकलाई सम्बोधन गरिनु पर्दछ भन्ने मान्यता हाम्रो हो ।

० नेपाल राष्ट्र बैंकले नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ्ग)का लागि छुट दिए पनि कतिपय बैंकहरुले स्वविवेक प्रयोग गरि जोखिम न्यूनिकरण भन्दै लकडाउनको बेला भुक्तानी नभएका कर्जालाई प्रोभिजनिङ गरेको देखिन्छ नि गर्भनर साब ?
यो बैंक र वित्तिय संस्थाहरुको आ–आफ्नो प्लानिङ्ग होला । यो प्रोभिजन गर्नु राम्रो कुरा हो । सबै बैंकको एउटै खालको चाहि देखिदैन । यसका लागि राष्ट्र बैंकले केही छुट पनि दिएकै छ ।

० मर्जर गर्ने र व्याज पूरै छुट नै दिने कुरा पनि आएको छ नि ?
मर्जरको कुरा पहिलाकै रेगुलर कुरा हो लागु गरिनु पर्दछ । अर्को व्याजको पूरै छुट दिन सकिदैन । ब्याज घटाउने कुरा २ प्रतिशत घटाउन हामीले निर्देशन दिएका चाहि छौं ।

० बैंक र वित्तिय संस्थाहरुले यस्तो विषम र अप्ठ्यारो अवस्थामा सेवा दिन कञ्जुस्याई गरेको गुनासो पछिल्लो समय बढेको देखिन्छ नि ?
हाम्रो प्रयास सेवा दिनु पर्दछ भन्ने नै हो र छ पनि तर, भीडभाड बढ्ने र रोग फैलने डर उत्तिकै भएका कारण केही असहज भएको चाहि पक्कै हो । राष्ट्र बैंकले हप्ताको २ दिन बैंक र वित्तिय संस्था खोल्न पछिल्लो पटक निर्देशन दिएको छ । अरु एटिएम २४ सै घण्टा खुल्ला नै छन् । अर्को कुरा मोबाइल बैंकिङ्ग लगायत सूचना प्रविधिका माध्यामबाट घरबाटै कारोबार गर्न उचित हुने देखिन्छ । यस्तो बेला सेवामा केही कम्प्रमाईज त पक्कै हुन्छ नि ।

15390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका