जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बैंकले साढे दुई अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

नेपाल बैंकले साढे दुई अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

नेपाल बैंकले साढे दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
२०८३ सालमा परिपक्व हुने गरी बैंकले जारी गर्न लागेको ऋणपत्रको ब्याज दर १० प्रतिशत हुनेछ ।

ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ बिक्री प्रबन्धक नियुक्त भएको छ ।

कुल २५ लाख कित्ता ऋणपत्रमध्ये १५ लाख कित्ता ब्यक्तिगत तवरबाट र बाँकी सर्वसाधारणलाई बिक्री गरिने छ ।

ऋणपत्र निष्काशनका लागि सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिलका प्रमुख कार्यकारी अधिकृत सबीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्

8225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका