

कोभिड संकटका बीच पनि सिटिजन्स बैंकले नाफामा छलाङ मारेको छ। बैंकको नाफा तेस्रो त्रैमासमा ४१.६१ प्रतिशतले बढेको छ।
बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा चैतसम्म १ अर्ब ५४ करोड नाफा गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड मात्रै नाफा गरेको थियो। बैंकले यो अवधिमा २ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब २४ करोड ४८ लाख रुपैयाँ मात्रै थियो। बैंकको प्रति सेयर आम्दानी समेत बढेको छ।
बैंकको प्रति सेयर आम्दानी १६.८७ बाट बढेर २०.७२ रुपैयाँ पुगेको छ। बैंकको निक्षेप १ खर्ब २७ अर्ब र कर्जा लगानी १ खर्ब ८ करोड रुपैयाँ पुगेको छ।