जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एलआईसी नेपालको बीमा शुल्क आर्जन बढ्यो, जीवन बीमा कोषमा ७० अर्ब संचिती

एलआईसी नेपालको बीमा शुल्क आर्जन बढ्यो, जीवन बीमा कोषमा ७० अर्ब संचिती

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले पहिलोे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको बीमा शुल्क आर्जन बढेको छ भने जीवन बीमा कोषमा ७० अर्ब रुपैयाँ संचिती गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २० प्रतिशतले बढेर पाँच अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २४ करोड ४ करोड १ अर्ब रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद नाफा १४४ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको पुनर्बीमा कमिशन आयबाट ५० लाख रुपैयाँ भन्दा बढी आर्जन गरेको छ भने लगानी कर्जा तथा अन्यबाट आय १ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ ।

समिक्षा अवधिमा कम्पनीले यस अवधिसम्ममा चार हजार १ सय ५९ टा दाबी वापत २७ लाख ५३ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ८८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ४० रुपैयाँ ४३ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । जगेडा कोष भने ५७ करोड ६२ लाख रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ७० अर्ब रुपैयाँ संचित रहेको छ ।कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ४० रुपैयाँ ४३ पैसा रहेको छ

7190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?