जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थीलाई एनएमवी बैंकले दियाे खुसी

खुल्ला चौरमा पढ्न बाध्य विद्यार्थीलाई एनएमवी बैंकले दियाे खुसी

एनएमवी बैंकले विद्यालय भवन पुनर्निर्माण गरेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ लेहडास्थित सरस्वती प्राथमिक विद्यालयको छत (टिन) उडाउँदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य थिए । विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपछि एनएमवी बैंकले ५ लाख रूपैयाँ बढी रकम खर्चेर विद्यालयको छतसहित पुनर्निर्माण गरेको हो ।

बैंकले एक समारोहकाबीच ४ वटा कोठाको पुनर्निर्माण भवन विद्यालयलाई हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनएमवी बैंक कर्णाली प्रदेशका एरिया ईन्चाज मित्रराज प्याकुरेलले जानकारी दिनुभयो ।

जेष्ठ ६ गते साँझ आएको हावाहुरीका कारण विद्यालयको छत (टिन) उडाएको थियो । बैंकले वित्तीय कारोवार मात्र गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताउनुभयो ।
भवन पुनर्निर्माणपछि चौरमा बसेर पढ्नुपर्ने बाध्यता हट्यको विद्यार्थी केशव खड्काले बताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष यामबहादुर खत्रीले एनएमवी बैंकको सहयोगमा हावाहुरीले भत्काएको बान्नोसहित परिपरि विममा नट हाल्ने र क्रसिङ नटले बरिपरि पुरै कस्ने, दुई सरियाले परिवरी ताईपिङ हालेर ४ फिटको बान्नो, उठाई त्यसमाथि सुली उठाएमा टिनमाथि बलियो गरी च्यापेर बलियो गरी पुनर्निर्माण भएको भन्दै बैंकलाई धन्यवाद दिए ।

2630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?