जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको नाफा बढ्यो

महालक्ष्मी विकास बैंकको नाफा बढ्यो

महालक्ष्मी विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोहि अवधिसम्मको तुलनामा यो नाफा १.५७ प्रतिशतले बढी हो। गत वर्ष सोहि अवधिसम्म बैंकले ३९ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा ०.६४ प्रतिशतले घटेर ५६ करोड २ लाख रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोहि अवधिसम्म ५६ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी २.६४ प्रतिशतले घटेर १ अर्ब १६ करोड रुपैयाँ भएको छ । गत वर्षको अवधिसम्म बैंकले १ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँको रहेको छ। गत वर्ष जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १६.१० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५४.९० रुपैयाँ रहेको छ।

7185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?