जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा सहकार्य गर्न बेलायती साझेदारलाई ढकालको आग्रह

नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा सहकार्य गर्न बेलायती साझेदारलाई ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा तथा पर्यटन विकासमा लगानी गर्न विदेशका निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।

लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पूँजी खोजिरहेको बताए । विदेशका निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल लगानीको लागि उपयुक्त पनि रहेको उनले बताए ।

नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयलाई उल्लेख गर्दै अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर आएकोतर्फ ध्यानाकर्षण गराए । अर्को छिमेकी मुलुक बंगलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपाललाई बजार सृजना भएको उनको भनाइ छ ।

दुई ठूला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युतमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई उनले विशेष आमन्त्रण गरे ।

बेलायती पर्यटकका लागि नेपाल पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए ।

‘बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटेलजस्ता पर्यटन पूर्वाधारमा लगानीको ठूलो सम्भावना पनि छ’ उनले भने ।

470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका