जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी बैंकका ग्राहकले देशभर पाउँदैछन् छुट, होटल र ल्याबमा पाइन्छ २० प्रतिशतसम्म छुट

महालक्ष्मी बैंकका ग्राहकले देशभर पाउँदैछन् छुट, होटल र ल्याबमा पाइन्छ २० प्रतिशतसम्म छुट

महालक्ष्मी बैंकले विभिन्न व्यवसायिक संस्थासँग साझेदारी गरेर आफ्ना ग्राहकलाई सहुलियतमा सेवा उपलब्ध गराएको छ।

बैंकको डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेले छुट पाउनेछन्। बैंकले वीरगंजस्थित मंगलम डाइग्नोस्टिक सेन्टरमा प्याथोलोजी परीक्षणमा १० प्रतिशत छुट दिने सम्झौता गरेको छ।

बैंकका अनुसार सिमरामा रहेको होटल क्विक २० तथा रिभर साइडमा १० प्रतिशत छुट हुनेछ। हेटौंडामा रहेको रिगल  हेटौडा रिसोर्टमा १५ प्रतिशत र कैलालीमा रहेको निसर्ग हस्पिटलमा २० प्रतिशत छुट हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हेटौडामा रहेको विशुद्ध मोमोचामा १० र चितवनमा रहेको कविलास रिसोर्ट र फनपार्कमा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ।

2985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका