जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ५० लाख माथिको बालबालिका बीमा नगराउन निर्देशन

५० लाख माथिको बालबालिका बीमा नगराउन निर्देशन

बीमा समितिले बालबालिका बीमा लेखमा सीमा तोकेको छ । समितिले जीवन बीमा कम्पनीहरुलाई सोमबार आन्तरिक परिपत्र जारी गर्दै ५० लाख रुपैयाँभन्दा माथिको बीमा नगराउन निर्देशन दिएको हो ।
समितिले एक बर्षअघि कास्सी जिल्लामा बच्चाको बीमा गराएर हत्या गरी बीमा दावी गरेपछि सामाजिक विकृत आएको भन्दै बालबालिका बीमा रोक लगाएको थियो । जसको एक वर्षपछि समितिले विभिन्न मापदण्ड र बीमांक रकमको सीमा निर्धारण गरी फुकुवा गरेको हो ।

बीमाकै कारणले बालबालिकाको ज्यान जोखिममा पर्ने वा सामाजिक विकृति आउन नदिन समितिले सो निर्णय लिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् । बालबालिकको भविष्यको सूरक्षणको लागि बीमा गराउन आवश्यक भएपनि यसले समाजमा आउने विकृतिलाई रोक्न कडाइ गरिएको उनको भनाइ छ । बीमा गराउन कम्पनीले बालबालिकाको बीमा गराउने प्रस्तावक कुल बीमा शुल्क भुक्तान गर्न आर्थिकरुपमा सक्षम छ कि छैन भनेर सोको मुल्यांकन गर्न समेत कम्पनीलाई निर्देशन दिएको छ ।

3420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका