जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • पेन्सन खाता सक्रिय गराउन असारसम्म बैंक जानु नपर्ने

पेन्सन खाता सक्रिय गराउन असारसम्म बैंक जानु नपर्ने

नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन बैंक धाइरहनु नपर्ने भएको छ । नियम अनुसार पेन्सन खाता हरेक ६/६ महिनामा सक्रिय बनाउनु पर्छ । यसका लागि बैंकमै पुग्नुपर्छ ।

तर, कोरोना भाइरसको महामारीका बीच पेन्सन खाता सक्रिय बनाउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

निवृत्तभरण बुझ्नेहरुको बैंक खाता निवृत्तभरण व्यवस्थापन कार्यालयबाट खाता सक्रिय गराई रकम भुक्तानी लिन सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

 

5040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका